नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले गृह मन्त्रालय जनताको धेरै गुनासो आउने र सबभन्दा धेरै काम गर्न पाउने ठाउँ भएकोले रोजेको बताउँदै निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानलाई प्राथमिकतामा राखेको जानकारी दिनुभएको छ । शपथग्रहणपछि पदभार ग्रहण गर्दै मन्त्री लामिछानेले आफूहरु खाली पदका लागि मात्र सरकारमा नआएको बताउँदै गृह मन्त्रालयका बारेमा जनगुनासो बढी आउने गरेकाले …