भारतमा नीट (NEET) पेपर लीक प्रकरणलाई लिएर शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै विपक्षी दलहरूले गरेको प्रदर्शनका क्रममा लोकसभाका विपक्षी नेता राहुल गान्धी, कांग्रेस नेत्री प्रियंका गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ। बीबीसीका अनुसार राहुल गान्धीको नेतृत्वमा कांग्रेस सांसदहरूले मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास लोक कल्याण मार्ग बाहिर धर्ना […]
ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ सेवा सुरु गरेको छ। वडा कार्यालयले आज (मंगलबार) यहाँ पत्रकार सम्मेलन गरी सो सेवा सुरुबारे जानकारी दिएको हो। वडाध्यक्ष श्रीगोपाल महर्जनले ‘तपाईंको समस्या मेरो समाधान’ भन्ने नाराका साथ सुरु गरिएको एआई कलिङमार्फत वडा कार्यालयभित्रका सबै सेवाका बारेमा जानकारी दिनुका साथै वडाभित्रका समस्या समाधानका लागि दर्ता […]
मंगलबार सार्वजनिक अगस्त २०२६ को भिसा बुलेटिनअनुसार परिवारमा आधारित सबै श्रेणीका ग्रिनकार्डका लागि फाइल गर्ने र भिसा पाउने मितिमा अग्रता कायम भएको छ । अमेरिकाभित्र रहेका आवेदकका लागि ग्रिनकार्डवाहकका दम्पती र २१ वर्षमुनिका छोराछोरीको फाइल गर्ने मिति अघिल्ला महिनाजस्तै अगस्तमा पनि करेन्ट नै रहने भएको छ। यसको अर्थ, यस श्रेणीका आवेदकहरूले आफ्नो प्राथमिकता मिति जुनसुकै […]
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विद्युत्मा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन सरकारसँग माग गरेका छन्। शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल लागू नगर्ने सरकारको निर्णयको स्वागत गर्दै आङदेम्बेले चालु आर्थिक वर्षदेखि मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी उपभोक्तामाथि लगाइएको ५ प्रतिशत भ्याट पनि […]
काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले वृद्धि भएको छ । आर्थिक बर्ष २०८१/०८२ भन्दा आर्थिक बर्ष २०८२/०८३ मा पर्यटक संख्या उल्लेख्य वृद्धि भएको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले जानकारी दिएको छ ।एमक्यापका अनुसार आर्थिक बर्ष २०८१/०८२ मा १२ हजार ५१३ जना पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए । आर्थिक बर्ष २०८२/०८३ मा […]