सुर्खेत विमानस्थलमा आठ करोडकाे बत्ती जडान हुने

सुर्खेत विमानस्थलमा आठ करोडका बत्ती जडान हुने भएका छन् । अबको तीन महिना भित्र राति पनि उडान सुरु हुने भएसँगै बत्ती जडान गरिने भएको हो ।

सम्बन्धित सामग्री

सुर्खेत विमानस्थलमा रात्रि उडान भर्न बत्ती जडान

सुर्खेत विमानस्थलमा रातिको समयमा समेत उडान भर्न सक्ने गरी बत्ती जडान गरिने भएको छ । आठ करोड रुपियाँको लगानीमा बत्ती जडान गर्न लागिएको हो । सो कार्य करिब तीन महिनामा सम्पन्न गरिने जनाइएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको रनवेमा खाल्डो खन्ने कार्य गरिरहेको छ । सुर्खेत विमानस्थल प्रमुख राजन ढुङ्गेलका अनुसार आइक्याओको मापदण्ड अनुसार विमानस्थलमा बत्ती जडान गरिने छ । यसका लागि प्राधिकरणको इलेक्ट्रिक विभागले काम सुरु गरेको छ ।