काठमाडौं-६ बाट भीमसेन दास प्रधान र सबुज कृष्ण बानियाँको नाम सिफारिस

१७ भदौ, काठमाडौं। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर-६ ले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि दुई जनाको नाम सिफारिस गरेको छ । समितिले क्षेत्र नम्बर-६ बाट कांग्रेस नेता भीमसेन दास प्रधान र सबुज कृष्ण बानियाँको नाम सिफारिस गरेको हो । प्रधान कृष्णप्रसाद सिटौला पक्षका नेता हुन् । उनी गत निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । […]