सशस्त्र द्वन्द्वमा क्षतिग्रस्त प्रहरी चौकीको नयाँ भवन बन्यो

२०५२ साल फागुन १ गते सशस्त्र द्वन्द्वको प्रभावले विस्थापित रहेको प्रहरी चौकी भवन नयाँ निर्माण गरि उद्घाटन गरिएको छ । शान्ति सम्झौता सँगै विस्थापित प्रहरी चौकी भाडाको घरमा बस्दै आएको थियो।...

सम्बन्धित सामग्री

तिङ्करमा सशस्त्र प्रहरीको सीमा चौकी भवन बन्यो

दार्चुला :  दार्चुलाको चीनसँगको सीमा क्षेत्र व्याँस गाउँपालिका–१ तिङ्करमा सशस्त्र प्रहरीको सीमा चौकी (बीओपी) निर्माण सम्पन्न भएको छ।  सशस्त्रको बीओपी भवन निर्माण कार्य एक महिनामै सम्पन्न भएको निर्माण कार्यको समेत जिम्मेवारी पाएका तिङ्करका स्थानीय योगेश बोहराले बताए। सडक पहुँच नहुँदा भवन निर्माणका लागि हेलिकोप्टरमार्फत निर्माण सामग्री ढुवानी गरिएको थियो। सामान पुगेको एक महिनामै भवन निर्माणको काम सकिएको सशस्त्र प्रहरी बल ४४ नम्बर गण खलंगा दार्चुलाका गणपति एसपी नरेन्द

ब्लड बैंकका लागि भवन बन्यो, सञ्चालन भएन

सल्यान । सल्यानमा ब्लड बैंक स्थापनाका लागि भवन निर्माण भएको एक वर्ष बित्तिसक्दा समेत सेवा सञ्चालनमा आउन सकेको छैन । सल्यान प्रदेशसभा ‘ख’बाट निर्वाचित कर्णाली प्रदेश सरकार सभा सदस्य तथा पूर्व आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको पूर्वाधार विकास कार्यक्रममार्फत ब्लड बैंक स्थापनाका लागि भवन निर्माण गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानमार्फत निर्माण गरिएको भवनमा ब्लड बैंक सञ्चालनमा नआउँदा विशेष किसिमका बिरामीको उपचार प्रभावित हुँदै आएको छ । जटिल प्रकारका बिरामीको उपचार तत्कालै गर्नुपर्ने भए पनि जिल्लामा ब्लड बैंक नहुँदा समस्या हुने गरेको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले आवश्यक जनशक्ति अभावले ब्लड बैंक सञ्चालन गर्न नसकिएको बताए । यसबारे नेपाल रेडक्रस सोसाइटी, शारदा नगरपालिका र प्रदेश सरकारको ध्यानाकर्षण गराइएको उनको भनाइ छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानका सभापति यौवन प्रकाश श्रेष्ठले ब्लड बैंक सञ्चालनका लागि आवश्यक पर्ने औजार, उपकरण भए पनि जनशक्ति नहुँदा समस्या भएको बताए । रेडक्रस आफैले जनशक्ति पदपूर्ति गरेर सञ्चालन गर्न नसकिएको उनको भनाइ छ । जनशक्तिको व्यवस्था गर्र्न सके ब्लड बैंक सञ्चालनमा ल्याउन कुनै समस्या नहुने उनले बताए । जिल्ला अस्पताल सल्यानमा ब्लड बैंक नहुँदा आकस्मिक रूपमा रगत चाहिएका बिरामीले समस्या बेहोर्नु परेको छ । बिरामीलाई रगत चाहिएको बेला व्यक्ति नै उपस्थित भएर रगत दान गर्नुपर्ने अवस्था छ । अहिले इमर्जेन्सी कक्षमा रगत नपाएर बिरामी छट्पटाइरहँदा रक्तदाता खोज्नुपर्ने बाध्यता अस्पतालको छ । जिल्ला अस्पताल सल्यानका डा. भीमकान्त जैसीले भने, ‘अहिले जिल्लामा मोबाइल ब्लड बैंक सञ्चालन भइरहेको छ, तर आकस्मिक रूपमा रगत चाहिएको अवस्थामा बिरामीका आफन्त, स्वास्थ्यकर्मी, नेपाल प्रहरी, नेपाली सेना खोज्नुपर्ने बाध्यता छ ।’ गाउँबाट उपचारमा आएका कतिपय बिरामीको तत्कालै शल्यक्रिया गर्नुपर्ने भए पनि समयमा रगत उपलब्ध नहुँदा ज्यान जोखिममा पर्ने गरेको उनको भनाइ छ ।