वीरगंज : पर्सामा कोरोना भाइरस संक्रमित भइ आईसोलेसन वार्डमा रहेका वा संक्रमणको आशंकामा क्वारेन्टाइनमा रहेका व्यक्ति भाग्ने प्रयास गरेमा सुरक्षाकर्मीले उनीहरुमाथि गोली प्रहार गर्न सक्नेछन्।
केहीदिन अघि कोरोना संक्रमित अस्पतालबाट भागेको घटना सार्वजनिक भएपछि जिल्ला सुरक्षा समितिको बिहीवार बसेको बैठकले सुरक्षाकर्मीले गोली हान्न सक्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता ललित