काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले २०७४ को निर्वाचनमा आफूले गरेका प्रतिबद्धता मध्ये ८० प्रतिशत भन्दा धेरै पुरा गरेको बताएका छन्।
काठमाडौँको छाउनीस्थित बाहिटी संगम टोल सुधार समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ मा पूर्वाधार विकासतर्फ आफूले गरेका अधिकांश प्रतिबद्धता पुरा गरेको बताउँदै आगामी दिनमा उक्त क्षेत्रलाई पर्यटकीय नमुना स्थल बनाउने प्रतिबद्धता व्यक्त गरे।