विदेशबाट फर्किएपछि स्वदेशकै कमाइले रमाएका युवा

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–४ देउरालीका लक्ष्य आलेले विदेशबाट फर्किएपछि अहिले कृषि कर्मबाट राम्रो आम्दानी गर्न थाल्नुभएको छ । करिब आठ वर्ष विदेश बसेको अनुभव भएका आले विदेशबाट फर्किएपछि आफ्नो परिवारसँगै बसेर बाख्रापालन तथा अदुवाखेती गरिरनुभएको छ । मलेसिया चार वर्ष, कतार तीन वर्ष नौ महिना बसेर फर्कनुभएका आले आफ्नो बुबाले सुरु गरेको ‘हुर्यान …