काठमाडौं : आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले कतारलाई ७९ रनको फराकिलो अन्तरले पराजित गरेको छ। मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय १७ रन बनायो। नेपालका लागि आशा पुलामी मगरले नटआउट ३२ रन बनाउँदा सृस्टी जैशीले नटआउट २३ रनको योगदान गरिन्। सानु राजवंशीले २१ र अन्जली विश्वकर्माले ११ रन बनाइन्। ओपनर किरणकुमरी कुँवर भने एक रन बनाएर आउट भइन्। ११८ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको कतार ३८ रनम