निरञ्जनकुमार साहजनकपुरधाम : करिब १८ महिनादेखि त्रिपालमा थन्किएको रेल आइतबारदेखि गुड्न थालेको छ।नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार इनर्वा स्टेशनबाट कुर्था स्टेशनसम्म ३४.९ किलोमिटरको यात्रा तय गरेको रेललाई औपचारिक उद्घाटन नभएसम्म यात्रुविना दैनिक एकपटक सञ्चालन गरिने जानकारी दिए।भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण भएको जयनगर-बिजलपुरा-बर्दिबाससम्मको ६९ किलोमिटर रेल मार्गअन्तर्गत पहिलो चरणमा जयनगर-कुर्थासम्म रेल चलेको हो।भारतबाट ८४ करोडमा