भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई तत्काल हिंसा अन्त्य गर्न आग्रह गर्नुभएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि भारतीय प्रधानमन्त्री मोदीले पुटिनलाई टेलिफोन गरेर हिंसा अन्त्य गर्न आग्रह गर्नुभएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।
भारतको प्रधानमन्त्री कार्यालयले निकालेको विज्ञप्तिमा सबै पक्षलाई मिलेर कुटनीतिक वार्ता एवम् छलफलको बाटोमा आउन अपिल गरेको उल्लेख छ । भारतले रुस र नेटोबीच भइरहेकाे मतभेदलाई इमानदारितापूर्वक छलफल गरेर मात्रै समाधान गर्न सकिने भन्दै आएको पनि मोदीको भन...