माछापुच्छ्रे बैंकमा अनलाइन डिम्याट खाता खोल्ने सुविधा

माछापुच्छ्रे बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अनलाइन डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ ।लामो समयदेखि डिम्याटलगायत सेयर आवेदन सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्दै आएको बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट आवेदन दिन मिल्ने गरी डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो ।ग्राहकहरुले अनलाइनमार्फत डिम्याट खाता खोल्न बैंकको वेवसाइटमा लगइन गरेर दिएको निर्देशन पालना […]

सम्बन्धित सामग्री

सिद्धार्थ बैंकले ल्यायो अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा

सिद्धार्थ बैंकले अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ । अब नयाँ डिम्याट खाता खोल्न परेमा ग्राहकहरुले भौतिक रुपमा बैंकसम्म उपस्थित नभई घरबाटै डिम्याट खाताका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ।बैंकका अनुसार ग्राहकहरुले बैंकको वेबसाइटमा गई (EasyBank > Demat Services > Demat Account) वा सोझै 'https://onlinedemat.siddharthacapital.com/' मा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाईन मार्फत आवेदन दिन सक्ने छन्। ग्राहकहरुले डिम्याट खाताको लागि आवेदन दिनुका साथै मेरोशेयर र सीआरएनको लागि समेत आवेदन दिन सक्ने छन्।ग्राहकहरुले पेस गरेको आवेदनलाई सिद्धार्थ क्यापिटलले डिम्याट खाता खोल्ने प्रक्रिया अघि बढाई फ्रिज स्थितिमा डिम्याट खाता खोल्नेछ । डिम्याट खाता खोलीसके पश्चात् ग्राहक महानुभावहरुलाई व्यक्तिगत प्रमाणीकरणको लागि परिचय खुल्ने कागजातहरू सहित ६० दिन भित्र नजिकको बैंक शाखा वा क्यापिटलमा उपस्थित हुन इमेल र एसएमएस मार्फत जानकारी गराइने बैंकले जनाएको छ । ग्राहकहरुले परिचय खुल्ने कागजातहरू सहित स्वयं उपस्थित भए पश्चात बैंकले उक्त कागजातहरू प्रमाणीकरण गरी डिम्याट खाता सक्रिय गर्नेछ । साथै, ग्राहक महानुभावहरुले मेरोशेयर र सीआरएनको लागि आवेदन दिएक छन् भने मेरोशेयर र सीआरएनको प्रक्रिया अघि बढाई ग्राहक हरुलाई आवश्यक विवरणहरु इमेल मार्फत प्रदान गरिने बैंकले जनाएको छ । बैंकले ल्याएको अनलाईन मार्फत डिम्याट खाताका लागि आवेदन दिन सकिने व्यवस्थाले ग्राहकहरु बैंकमा पुगेर लामो समयसम्म लाइनमा बस्नु नपर्ने र समयको बचत हुनुका साथै ग्राहकहरुलाई थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

सशस्त्र प्रहरीलाई राष्ट्रिय वाणिज्य बैंको वित्तीय साक्षरता कार्यक्रम

राष्ट्रिय वाणिज्य बैंकले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीका लागि हल्चोमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।कार्यक्रममा बैंकका ब्रान्च अपरेशन विभागकी प्रमुख दुर्गा कँडेल (छत्कुली) ले बैंकमा खाता खोल्ने, केवाइसी, डिजिटल बैंकिङ तथा पेशाकर्मी सरल कर्जा सम्बन्धी प्रशिक्षण दिएका छन् । त्यसैगरी बैंकको सहायक कम्पनी आरविवि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले डिम्याट खाता, […]

राष्ट्रिय वाणिज्य बैंकद्वारा सशस्त्र प्रहरीलाई वित्तीय साक्षरता कार्यक्रम

राष्ट्रिय वाणिज्य बैंकले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीका लागि हल्चोमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।कार्यक्रममा बैंकका ब्रान्च अपरेशन विभागकी प्रमुख दुर्गा कँडेल (छत्कुली) ले बैंकमा खाता खोल्ने, केवाइसी, डिजिटल बैंकिङ तथा पेशाकर्मी सरल कर्जा सम्बन्धी प्रशिक्षण दिएका छन् । त्यसैगरी बैंकको सहायक कम्पनी आरविवि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले डिम्याट खाता, […]

साढे ५१ लाखले खोले डिम्याट खाता,  बढी खाता खोल्नेमा एनआईसी एशिया बैंक

वैशाख २, काठमाडौं । धितोपत्र कारोबार गर्नेको संख्या बढ्दै गएपछि हितग्राही खाता (डिम्याट खाता) खोल्नेको संख्या झण्डै  साढे ५१ लाख पुगेको छ । नेपाल धितोपत्र बोर्डले २०७३ साउन १ गतेदेखि डिम्याट खातालाई अनिवार्य गरेको हो ।  त्यसअघि भौतिक अर्थात् कागजी प्रमाणपत्र शेयर खरीदविक्रीका लागि  आवश्यक पथ्र्यो । अहिले सबै कारोबार अनलाइनबाट हुन्छ । शेयर खरीदविक्रीका लागि कागजपत्र चाहिने व्यवस्थालाई हटाएर बोर्डले हरेक कारोबारका लागि डिम्याट खाता अनिवार्य गरेसँगै यस्तो खाता खोल्ने बढ्दै गएका छन् ।  सिडिएस एण्ड क्लिएरिङ (सीडीएससी) का प्रवक्ता सुरेश न्यौपानेका अनुसार २०७८ चैत ३० गतेसम्म कूल ५१ लाख ३७ हजार ९६९ डिम्याट खाता खुलेका छन् । यी खातामध्ये कतिपयले दोहोरो खाता खोलेका हुन सक्ने न्यौपानेले बताए । अहिलेसम्म दोहोरोपन परेका खाताको यकिन हुन सकेको छैन । हाल ८१ ओटा निक्षेप सदस्यमार्फत यी खाता खुलेका हुन् । धेरै डिम्याट खाता खोल्नेमा एनआईसी एशिया बैंक  चैत ३० गतेसम्म सबैभन्दा बढी डिम्याट खाता एनआईसी एशिया बैंकमा खुलेका छन् । यो क्यापिटलले चैत ३० गतेसम्म ५ लाख ६८ हजार ५०६ डिम्याट खाता खोलेको छ । त्यस्तै बढी खाता खोल्नेमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड पनि अग्रस्थानमा  छ । यो क्यापिटलले सोही अवधिसम्म ४ लाख १ हजार ९९९ डिम्याट खाता खोलेको छ ।  त्यस्तै गरी बढी डिम्याट खाता खोल्ने १० निक्षेप सदस्यमा परेका थप दुईओटा बैंक सिटिजन्स र सानिमाले अन्य वाणिज्य बैंकको तुलनामा सबैभन्दा बढी खाता खोलेका हुन् । यो अवधिमा सिटिजन्स बैंकले १ लाख ५९ हजार ८१६ डिम्याट खाता खोलेको छ । त्यसैगरी सानिमा बैंकले पनि यो अवधिमा १ लाख ४६ हजार ५४६ डिम्याट खाता खोलेको थियो ।  हालसम्म सबैभन्दा कम डिम्याट खाता अक्सफोर्ड सेक्यूरिटिज प्रा.लि.ले खोलेको छ । यो सेक्यूरिटिजले १ हजार ६१५ ओटा डिम्याट खाता खोलेको छ ।  नौ महीनामा थपिए १३ लाख नयाँ डिम्याट  चालू आर्थिक वर्ष (आव) २०७८/७९ को नौ महीनामा १३ लाख ४१ हजार ७४९ नयाँ डिम्याट खाता थपिएका छन् । सीडीएसीका अनुसार चालू आवको उक्त अवधिमा ८१ ओटै निक्षेप सदस्यमा नयाँ डिम्याट खाता थपिएका हुन् । गत आवको अन्त्यसम्म ३७ लाख ९६ हजार २२० डिम्याट खाता थिए ।  आर्थिक अभियानको प्रिन्ट संस्करणबाट

ज्योति विकास बैंकमा स्मार्ट सेभिङ बचत खाता खोल्दा ५.७५ प्रतिशत ब्याज

ज्योति विकास बैंकले एउटै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट सेभिङ बचत खाता योजना ल्याएको छ । यो खाता खोल्दा शून्य मौज्दातमा बचत, निःशुल्क डिम्याट र मेरो सेयर तथा सर्वाधिक ५.७५ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जानकारी दिएको छ । बैंकका अनुसार बचतसँगै शेयर बजारमा लगानी गर्न चाहेका नागरिकलाई सहजता प्रदान गर्न डिम्याट खाता र मेरो सेयर सुविधासहितको ज्योति स्मार्ट सेभिङ खाता संचालनमा ल्याइएको हो । बचत खाता खोल्ने ग्राहकले शून्य मौज्दातमै डिम्याट खाता, मेरो सेयर रजिस्ट्रेसन, सि–आस्वा, मोब

अब अनलाइनबाटै माछापुच्छ्रे बैंकमा डिम्याट खाता खोल्न सकिने

माछापुच्छ्रे बैंकमा अब अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने भएको छ । डिम्याट लगायत सेयर आवेदन सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्दै आएको बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन मिल्ने गरी अनलाइनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो । बैंकको वेवसाइटमा गएर अनलाइन डिम्याट खाता खोल्न सकिने बैंकले जनाएको छ ।...

माछापुच्छ्रे बैंकको डिम्याट खाता अब अनलाइनबाटै खोल्न सकिने

काठमाडौं । माछापुच्छ्रे बैंकले अनलाइन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा संचालनमा ल्याएको छ । डिम्याट लगायत सेयर आवेदन सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्दै आएको बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन मिल्ने गरी अनलाइनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो ।बैंकको वेवसाइटमा गएर अनलाइन डिम्याट खाता खोल्न सकिने बैंकले जनाएको छ । माछापुच्छ्रे बैंकमा खाता हुने ग्राहकहरुले बैंकमा नगई सिधै डिम्याट खाता नम्बर प्राप्त गर्न सक्ने पनि बैंकले जनाएको छ

कृषि विकास बैंकको अनलाइन डिम्याट खातासहित नयाँ योजना

कृषि विकास बैंकले नयाँ सेवा सुचारु गरको छ । बैंकले अनलाइनका माध्यमबाट एकै समयमा धेरै भन्दा धेरै सुविधा प्रवाह गर्ने अभिप्रयाले खाता खोल्ने प्रणालीको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उद्घाटन गरी सेवा सुभारम्भ गरेका हुन् ।यस सेवा अन्तरगत बैंकमा खाता भएका ग्राहकहरुले विना झण्झट अनलाइनका माध्यमबाट डिम्याट खाता, मेरो सेयर खाता, सिआरएन, मोवाइल बैंकिङ, […]

निषेधाज्ञा अवधिमा बैंकमा ५० हजारभन्दा कम जम्मा गर्न नपाइने

काठमाण्डाै – निषेधाज्ञा अवधिमा बैंकमा ५० हजार रुपैयाँभन्दा कम रकम जम्मा गर्न नपाइने भएको छ । नेपाल बैंकर्स सङ्घले आज विज्ञप्ति निकालेर भिडभाड कम गर्नका लागि ५० हजार रुपैयाँभन्दा कम रकम निक्षेप नलिने जानकारी दिएको छ ।थोरै रकम जम्मा गर्नका लागि बैंकमा भिड हुने गरेको भन्दै यस्तो निर्णय भएको सङ्घले जनाएको छ । बैंकर्स सङ्घले सकभर विद्युतीय कारोबार गर्न पनि ग्राहकलाई अनुरोध गरेको छ ।यस्तै डिम्याट खाता खोल्ने काम पनि तत्कालका लागि रोकिएको सङ्घले जनाएको छ । यो निर्णय निषेधाज्ञा अवधिभरका लागि मात्रै भएको बैंकर्स सङ्घल...