रवि लामिछानेविरुद्ध परेको उजुरी के हो, अबको प्रक्रिया के हुन्छ ?

२९ कात्तिक, काठमाडौं । मंगलबार चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चितवन–२ का उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै एउटा उजुरी दर्ता भयो । राजकुमार पाण्डेले दर्ता गरेको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले अमेरिकाको नागरिकता नत्यागेका कारण उम्मेदवारी खारेजी हुनुपर्ने माग गरिएको छ । चितवनका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले उजुरीको व्यहोरा तत्काल निर्वाचन […]