नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरले नारी दिवसका अवसर पारेर यही फागुन २१ गते शनिवार बृहत् निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । वरिष्ठ स्त्री रोग तथा बाँझोपन विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मासहितको टिमले आगामी शनिवार बिहान १० देखि ४ बजेसम्म बिरामीहरूको बाँझोपन तथा स्त्री रोगसम्बन्धमा निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श एवम् उपचार गर्ने अस्पतालले जनाएको हो ।नेपाली समाजमा बाँझोपनको समस्या विकराल बन्दै गइरहेका बेला गुणस्तरीय स्वास्थ्य सेवाको पह