सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेटप्रति सत्तापक्षका सांसदहरु रुष्ट भएपछि उनीहरुलाई रिझाउन बजेट संसोधन गर्न मुख्यमन्त्री लचिलो भएका छन् । आफूहरुले सिफारिस गरेको योजना नपरेको भन्दै सत्तापक्षका सांसद्हरु रुष्ट बनेका हुन् । बजेट सम्बन्धी सत्ता गठबन्धनमा सहमति जुटाउन शनिबार बसेको बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले बजेट संशोधन गरी निर्वाचन क्षेत्र विकास कोषमा रकम थप […]