काठमाडौँ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको हवाई सेवा लामो समयदेखि बन्द रहेको छ । धनगढी-बैतडी-धनगढी साप्ताहिक रूपमा हुने गरेको हवाई उडान ६ महिनादेखि बन्द रहेको हो । हवाई उडान नहुँदा जिल्लाबाट आकस्मिकरुपमा धनगढी पुग्नुपर्ने नागरिक समस्यामा परेका छन् भने आकस्मिकरुपमा बिरामी भएकालाई ल्याउन/लैजान तथा अन्य कामका लागि जाने आउने नागरिक समस्यामा परेका हुन् । […]