म्याग्दी – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले तीन बुँदे सहमति गरेर आफूहरू इमानदारीपूर्वक आएको भए पनि सहमति लागू नगरेर राज्य भागिरहेको आरोप लगाउनुभएको छ ।
मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको आज (बुधवार) म्याग्दीको बेनीमा उद्घाटन गर्दै उहाँले सहमति गरेको एक वर्ष बित्नै लाग्दा पनि सरकारले तीन बुँदे सहमति लागू नगरेको बताउनुभएकाे हो । उहाँले सहमतिको दुई नम्बर बुँदामा बन्दीहरू छाड्ने, झुट्टा मुद्दा खारेज गर्ने भने पनि त्यो कार्यान्वयन नभएको बताउनुभयो ।
महा...