आधा उद्योग-व्यवसायमा अझै कोभिडको असर

२ माघ, काठमाडौं । राष्ट्र बैंकले गरेको एक अध्ययनमा झण्डै आधा उद्योग-व्यवसायमा अझै कोभिड-१९ असर बाँकी रहेको देखिएको छ । त्यसअनुसार, असारमा ४ प्रतिशत मात्र उद्योग-व्यवसाय पूर्ण सञ्चालनमा रहेकोमा मंसिरमा बढेर करिब ५४ प्रतिशत पुगेको छ । कोभिड प्रभावित ९.७ प्रतिशत उद्योग-व्यवसाय अझै बन्द अवस्था छन् भने ३६.९८ प्रतिशत आंशिक रुपमा चलेका छन् । कोभिडको […]

सम्बन्धित सामग्री

कोरोना संक्रमणपछि बल्ल खुल्यो नेपाल–भारत नाका

सोही अनुरुप रौतहट सदरमुकामसँगै जोडिएको गौर–बैरगनिया नाका पनि बन्द भएको थियो। कोभिडको असर कम भएपछि सरकारले नाका सूचारु गर्दा सर्वसाधारणहरु पैदल आवत-जावत गर्दे आएपनि भारतीय पक्षले सार्वजनिक सवारी साधनको अवागमनमा रोक नै लगाएको थियो।...

शाङ्हाईमा कोभिडको असर : अप्रिलमा विक्री भएन एउटै कार

जेठ ३, शाङहाई (चीन) । चीनको शाङहाईमा गएको महीना एउटै कार विक्री भएको छैन । सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि कठोर खालको उपायहरु अपनाएपछि चीनको सबैभन्दा ठूलो महानगरीय क्षेत्र साङ्हाईमा कार विक्री शून्य बनेको हो ।  अहिलेसम्मकै खराब अवस्थामा पुगेको संक्रमण नियन्त्रण गर्न कठोर लकडाउन बीच अधिकारीहरुले सर्वसाधारणहरुलाई घरमै बस्न आदेश दिएका थिए भने कयौं व्यवसायहरु बन्द गरिएको थियो । सोमवार चाँही अधिकारीहरुले न्यून स्तरमा केही क्षेत्रमा गतिविधिलाई अनुमति दिने घोषणा गरेको भएपनि सर्वसाधारणहरुलाई आवासीय भवनहरु बहिर जाने अनुमति नदिएको समाचारहरु आइरहेका छन् ।  कोभिडसम्बन्धी प्रतिबन्धका कारण कार बजारमा गम्भीर असर परेको छ । लगभग सबै डिलर बन्द भएको र कार विक्री नै नभएको शाङहाई अटोमोबाइल विक्री संगठनले सोमवार एक विज्ञप्तिमा भनेको थियो । समग्रमा भने अघिल्लो महीनाको तुलनामा अप्रिलमा चीनमा कारको विक्री ४६ प्रतिशतले घटेर १२ लाख थानमा आएको छ । अप्रिलका लागि यो एक दशकयताकै सबैभन्दा खराब विक्री भएको चीनको अटो मोबाइल उत्पादक संघले गएको हप्ता बताएको थियो । २ वर्षयताकै खराब महामारी नियन्त्रण गर्न चीनले देशका ३० भन्दा धेरै शहरमा पूर्ण वा आंशिक प्रतिबन्ध लागू गरेको छ । चीनको कार विक्रीमा शाङ्हाई शीर्ष स्थान रहँदै आएको छ । गत वर्ष त्यहाँ ७ लाख ३६ हजार ७०० नयाँ कार विकेका थिए । यो चीनका सबै शहरमध्ये सबैभन्दा धेरै हो । शाङ्हाई चीनको मुख्य अटो हब पनि हो । यहाँ टेस्ला, फकसवागन लगायत कयौं बहुराष्ट्रिय कम्पनीको कारखाना छ भने बोश र जे एफ ग्रूपगायत मुख्य पार्ट्स निर्माताको कारखाना पनि यही छ ।  शाङ्हाई र अन्य शहरमा लगाइएको लकडाउनका कारण विश्वभर आपूर्ति शृङ्खलामा अवरोध उत्पन्न भएको छ । चीनमा उपभोक्ता खर्च प्रभावित भएको छ । शाङ्हाईको लकडाउनका कारण जापानी अटो निर्माता कम्पनी टोयोटाले यो महीना ६ दिनसम्म जापानमा रहेका आफ्नो ८ ओटा कारखानाका १४ ओटा प्रडक्शन लाइन बन्द गर्ने निर्णय गरेको थियो । एजेन्सी

नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशतमा सीमित, ६ प्रतिशतको लक्ष्य भेट्न सकेन

केन्द्रीय तथ्याङ्क विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा देशको यथार्थ कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर आधारभूत मूल्यमा ३.९८ प्रतिशत र उत्पादकको मूल्यमा ४.०१ प्रतिशत रहेको अनुमान गरेको छ । अघिल्लो वर्ष त्यस्तो वृद्धिदर क्रमशः २.१२ प्रतिशत र २.०९ प्रतिशतले ऋणात्मक रहेको थियो । २०७७/७८ को पहिलो त्रैमासमा कोभिडको असर तुलनात्मक रूपमा कम भएकाले निषेधाज्ञा र बन्दाबन्दी खुकुलो हुँदा आर्थिक गतिविधिमा सुधार आई आर्थिक वृद्धिदर अघिल्लो वर्षभन्दा उच्च रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यद्

बालबालिकामा कोभिडको असर

कोभिडले विश्व–सभ्यतामै गहिरो रेखा को-यो । विगतमा प्रथम विश्वयुद्ध वा द्वितीय विश्वयुद्धपछि आएको परिवर्तन भनेर सीमारेखा कोर्ने गरिएजस्तै ‘कोभिडको महामारीपछि’ भनेर कालखण्डको वर्गीकरण गर्नुपर्नेभयो । कोभिडको प्रहारले विश्वमा नयाँ अभ्यासहरू शुरू गरायो । शिक्षा वा प्रशिक्षण प्राप्त गर्ने, सूचना सम्प्रेषण गर्ने र बैठक आदि सञ्चालन गर्ने विधामा मात्र होइन स्वास्थ्य सतर्कताका कारण मित्रता र समीपताको […]

युनिसेफको निष्कर्षः बालबालिका र युवामा कोभिडको असर गम्भीर

काठमाडौं, असोज २१ । बालअधिकारका लागि राष्ट्रसंघीय निकाय युनिसेफले कोभिड–१९ का कारण बालबालिका र युवाकोे मानसिक स्वास्थ्यमा गम्भीर असर परेको तर त्यसको सानो अंश मात्र बाहिर प्रकट भएको जनाएको छ । युवामा हुने मानसिक समस्याका कारण अर्थतन्त्रमा हरेक वर्ष लगभग ३ खर्ब ९० अर्ब डलर नोक्सान हुने नयाँ विश्लेषणले देखाएको युनिसेफले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा […]

कोभिडको असर विकास निर्माणमा

कोभिडका कारण जिल्लाको विकास निर्माणमा असर पुर्याएकोे छ । बबई गाउँपालिकाले गत आर्थिक वर्ष २०७६/०७७ मा क्षमता विकास लागि ५९ योजना विनियोजित गरेको थियो तर कोरोनाको कारण ती योजना गर्न सम्भव नभएपछि पालिकाले ती योजनाका लागि विनियोजन गरेको रकममध्ये ५० लाख कोरोना व्यवस्थापनमा खर्च गरेको थियो । भर्खरै सकिएको आर्थिक वर्ष ०७७/०७८ मा कार्यक्रम गर्ने […]

दुग्ध क्षेत्रमा कोभिडको असर

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै सरकारले १६ वैशाखदेखि निषेधाज्ञा गरेको छ । निषेधाज्ञाको कारणले बिक्री नहुँदा दुग्ध क्षेत्रमा पनि ठूलो असर पारेको छ । निषेधाज्ञाका कारण होटल, रेस्टुराँ, पार्टी प्यालेस बन्द हुँदा बजारमा दूधको खपत कम हुँदा किसानको दूध बिक्री हुन सकेको छैन । दूध बिक्री नहुँदा किसान र उद्योगी–व्यवसायीलाई प्रत्यक्ष असर परेको छ […]

मौद्रिक नीति कस्तो आउनुपर्छ ?

हरेक वर्ष राष्ट्र बैंकले बजेटपछि मौद्रिक नीति ल्याउने गर्छ । आगामी आर्थिक वर्ष २०७८-७९ का लागि पनि राष्ट्र बैंकले चाँडै मौद्रिक नीति ल्याउने तयारी गरेको छ । अहिले कोरोना र त्यसले अर्थतन्त्रमा पारेको असरलाई मौद्रिक नीतिले कसरी सम्बोधन गर्छ, सबैको चासो यसैमा छ । कोभिडको असर न्यूनीकरणमा राष्ट्र बैंकले कस्तो नीति लिन्छ, त्यसले बजेटको सफलता […]

कोभिडको असर आपूर्ति व्यवस्थामा पर्न नदिन वाणिज्य मन्त्रालयले थाल्यो तयारी

१२ वैशाख, काठमाडौं । भारतमा गहिरिएको कोभिड–१९ असरले नेपालको आपूर्ति व्यवस्थामा हालसम्म असर नपरेको जानकारी सरकारलाई निजी क्षेत्रले गराएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलमा आइतबार भएको छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले बजारमा अत्यावश्यक वस्तुको मौज्दात प्रशस्त रहेको र आपूर्ति व्यवस्थामा हालसम्म कुनै प्रभाव नपरेको जानकारी गराएको वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले बताए । […]

आज दिनभरका १६ समाचार

कुबेलामा चुनाव गर्न कस्सिएको सरकार खोप किन्न भन्दै हात पसार्दै पोस्ट कोभिडको असर : संक्रमित भन्छन्, 'आफूलाई आफूजस्तै लाग्दैन'  शान्तिपूर्ण कार्यनीति अँगाल्ने विप्लवको चाहनामा सुरुवाती धक्का   निर्वाचन आयोगमा सेटिङ प्रयास, ओलीले पठाए समर्थक लगायत दिनभरका १६ समाचार