नलगाड हाइड्रोपावर कम्पनीले पाँचौ वार्षिक साधारणसभा पुस २७ गते गर्ने भएको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।सभाले आव २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/०७९ का लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।