चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले हल सञ्चालकलाई समयमै कर तिरेर सरकारलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । काठमाडौंमा शनिबार आयोजित चलचित्र भवन सञ्चालक, प्रदर्शक तथा वितरकको संस्था नेपाल चलचित्र सङ्घको ४९औँ साधारणसभामा अध्यक्ष केसीले केही प्रदर्शकले कर नतिरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले एकल चलचित्र भवनलाई सहयोग गर्ने हाम्रो तयारी छ । आगामी …