देवदहमा कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा

लुम्बिनी – देवदह नगरपालिकामा कृषिउपज सङ्कलन तथा सेवा केन्द्र सञ्चालनमा आएको छ। उक्त सेवा केन्द्रको आज लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले उद्घाटन गरे। उक्त केन्द्र देवदहस्थित निर्माण बहुउद्देशीय सहकारी संस्थाले निर्माण गरेर सञ्चालनमा ल्याएको हो। सो अवसरमा सभामुख मगरले सहकारीहरु सहकारीको स्थापित मान्यताबाट विमुख हुन नहुने उल्लेख गरे। उनले केही सहकारीका व्यवस्थापकमाथि आर्थिक हिनामिनाको आरोप […]

सम्बन्धित सामग्री

मध्यविन्दुमा कृषिउपज सङ्कलन केन्द्र स्थापना

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका –१ पतवारीमा कृषिउपज सङ्कलन तथा विक्री केन्द्र स्थापना भएको छ । स्थानीयस्तरमा उत्पादित नगदेबाली, बेमौसमी तरकारी, अन्नबाली लगायतका कृषिउपज सामग्री विक्री वितरणका लागि किसानले बजार खोज्दै हिँड्नुपर्ने बाध्यतालाई अन्त्य गर्न सङ्कलन केन्द्र सञ्चालन गरिएको वडाध्यक्ष तिलकराम न्यौपानेले जानकारी दिनुभयो ।