सर्लाहीको धनकौलमा अवरुद्ध मतदान, सात घण्टापछि फेरि शुरु

सर्लाही : धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान स्थलस्थित दुईवटा मतदान केन्द्रमा ७ घण्टादेखि अवरुद्ध मतदान केहीबेर अघि सूरु भएको छ। त्यहाँ पटक–पटक झडप भइरहेकाले बिहान ८ बजेदेखि अवरुद्ध मतदान कार्य पौने ३ बजेसम्म हुन सकेको थिएन।मतदान केन्द्रमा नेपाली सेनालाई नै पहिलो घेरामा राखेर अहिले दिउँसो ३ बजेबाट मतदान कार्य सुचारु गराइएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए। अब ५ बजेसम्म मतदान स्थलको घेराभित्र प्रवेश गरिसक्ने मतदाताले मतदान गर्न पाउनेछन्।‘अब साँझ ५