बजेट कार्यान्वयनमा उदाहरण बन्दै बागलुङको जैमिनी नगर : चैतमै सकिए ९५ प्रतिशत योजना

काठमाडौं । विकास निर्माणका योजना असार मसान्तअगावै पूरा नगर्ने प्रवृत्ति देशभर रहँदा बागलुङ (Baglung) को जैमिनी नगरपालिका (Jaimini Municipality) भने योजना कार्यान्वयनमा उदाहरण बनेको छ । चालु आर्थिक वर्षको झण्डै साढे दुई महिना बाँकी रहँदा नगरपालिकाकाले नगर र वडास्तरका ९५ प्रतिशत योजनाको काम सकेको छ ।  योजनाको काम सकिँदा कर्मचारी र जनप्रतिनिधि फुर्सदिला भएका छन् । यहाँका जनप्रतिनिधि आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटको तयारीमा जुटेका छन् ।  जैमिनीमा चालु आवमा विनियोजन भएको बजेट तथा कार्यक्रममध्ये ५ प्रतिशतको काम मात्रै बाँकी छ । बाँकी केही ठूला आयोजनाको काम चलिरहेको छ । जैमिनीले चालु आवमा विनियोजन भएका कार्यक्रम सम्झौताका लागि मङ्सिर मसान्तको समय तोकेको थियो ।  केही ढिलागरी सम्झौता भएकासमेत चैत मसान्तमा अधिकांश योजनाको भुक्तानी फरफारकको काम सकिएको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए । ‘नगरस्तरका झण्डै चार सय योजनामध्ये ९५ प्रतिशतको काम सकिएर फरफारक भएको छ’, गिरी भन्छन्, ‘समपुरकका केही योजना बाँकी छन्, बहुवर्षे योजनाको कामबाहेक सबै काम सकेका छौं ।’  सङ्घ र प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन भइरहेका तीन सडक र एक खानेपानी आयोजनाको काम चलिरहेको योजना अधिकृत प्रेम सापकोटाले बताए । त्योबाहेक पाँचओटा झोलुङ्गे पुल बनाउने योजना सञ्चालनमा छन् । गत वर्षका गरी २५ विद्यालय भवन निर्माणाधीन छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत बनिरहेका विद्यालय भवनमध्ये चारओटा भवनको काम सकिएर फरफारक भएका छन् । झोलुङ्गे पुल, विद्यालय भवन र समपुरकका सडक र खानेपानीबाहेक सबै योजना कार्यान्वयन सम्पन्न भएका छन् । असारको मसान्त नजिकिँदै गर्दा भीडभाड हुने नगर कार्यपालिकाको कार्यालयमा यो वर्ष भीड हुने छैन ।  ‘आगामी वर्षको तयारीका लागि पर्याप्त समय उपलब्ध भएको छ, असारे विकास अन्त्य प्रयास थालेका हौं । केही हदसम्म सफल भएका छौं,’ नगर उपप्रमुख हरिहर शर्माले भने, ‘मङ्सिर र चैत मसान्तको समयसीमाले काम द्रुत भए ।’  उपभोक्ता समितिबाहेक ठेक्कामा गर्नुपर्ने काममा भने समयसीमा आयोजना सम्झौताकै समयमा तोकिने हुनाले त्यसको प्रभाव नपरेको शर्माले बताए ।  जैमिनीका दशओटै वडास्तरका योजनाको काम सकिएको छ । कार्यक्रम सम्झौता नै हुन नसकेका केही योजनाको रकमान्तर गरेर काम भइरहेको गिरी बताउँछन् । ‘वडामा पनि हामी लक्ष्यको नजिक छौं, रकमान्तर भएकाबाहेक सबै काम सकिए’, उनले भने, ‘उपभोक्ता पनि उत्साहित भएर काममा लाग्नुभएकाले यो सफल भएको हो ।’  नगरपालिकाले सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकका अनुदान र नगरको सञ्चितकोष लगायत परिचालन गरेर योजनाको भुक्तानी समयमै दिएको हो । सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाट र समानीकरण अनुदान कमी आएमा ठूला योजनामा असर पर्ने प्रमुख प्रशासकीय अधिकृत गिरी बताउँछन् । रासस

सम्बन्धित सामग्री

विद्युतीय फोहोर व्यवस्थापन चुनौति बन्दै

आवश्यक ऐन, कानुन र पूर्वाधार अभावले विद्युतीय फोहोरको व्यवस्थापन चुनोतिपूर्ण बन्दै गएको छ।

कमजोर बन्दै मधेसी दल

पहिलो संविधान सभाको निर्वाचनमा महत्वपूर्ण र निर्णायक शक्तिको रूपमा उदाएका मधेस केन्द्रित दलहरू पछिल्लो समय आधारभूमिमै कमजोर बन्दै गएका छन्।...

कुरूप बन्दै बढैयाताल

बर्दिया– बर्दियाको बढैयाताल गाउँपालिका-५ रहेको बढैयाताल संरक्षण र सरसफाइको अभावले जलकुम्भी र लेउका कारण कुरूप बन्दै गएको छ । एक सय ८० बिघामा फैलिएको ताल स्थानीय सरकारले तालको सरसफाइ र संरक्षण गर्न नसक्दा कुरूप बन्दै गएको स्थानीय रामलाल थारूले बताए । सदरमुकाम गुलरियाबाट झण्डै १६ किलोमिटरको पूर्व दिशातिर रहेको तालमा ३५ प्रकारका विभिन्न जातका माछा, […]

ज्यानमारा बन्दै बैतडीका सडक

जिल्लामा अधिकांश दुर्घटना कच्ची सडकमा हुने गरेका छन्। बिना स्टमेट डोजरले खनिएका ज्यानमारा बन्दै गएका छन्।...

सम्पन्न भए पनि साहाराविहीन बन्दै वृद्धा

छोराछोरी विदेश पयायन हुँदा वृद्धा साहाराविहीन बन्दै गएका छन् । शिक्षित र सम्पन्न परिवारका छोराछोरी अध्ययन र रोजगारीका लागि युरोप अमेरिका जस्ता विकसित देश पुगेर उतै पलायन हुँदा उनीहरु साहाराविहीन बन्दै गएका हुन् । पर्याप्त सम्पत्ति भएर पनि आफैँले जन्माएर हुर्काएका सन्तान आफूसँगै नहुँदा शरीर गल्दै गएपछि आत्मसन्तुष्टि हुन नसकेको पाइएको छ । विदेशमा रहेका …

प्रविधिमैत्री बन्दै स्थानीय तह

सरकारले तीव्र रूपमा विस्तार गरेको सूचना प्रविधिको विकास र विस्तारसँगै स्थानीय तह क्रमिक रूपमा प्रविधिमैत्री बन्दै गएका छन् । इन्टरनेटको पहुँच र विस्तार बढ्दै गएपछि स्थानीय तहहरू सूचना प्रविधिमैत्री बन्दै गएका हुन् ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागले दुर्गम स्थानीय तहमा पनि इन्टरनेटको पहुँच विस्तार भएसँगै अहिले स्थानीय तह सूचना प्रविधिमैत्री बन्दै गएको जनाएको छ । विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले अहिले विभागले २१ वटा स्थानीय तहमा विद्युतीय माध्यमबाट कर भुक्तान

साझा बन्दै तीज

काठमाडौं । हरितालिका तीज पर्व नेपाली महिलाको साझा पर्व बन्दै गएको छ। भाद्र शुक्ल तृतीयका दिन मनाइने यो पर्वलाई हरेक जाति तथा समुदायका दिदीबहिनीले महत्व दिँदै आएका छन्। भोजपुर तिवारी भञ्ज्याङकी ८० वर्षीया कृष्णमाया घले चाडपर्व सबैको साझा भएको बताउँछिन्। भन्छिन्, ‘तेरोमेरो होइन, चाड सबैको साझा हो।’ उनका अनुसार बर्खा ९असार–साउन०मा कामले लखतरान बनाउँथ्यो। भदौमा […]

जोखिमपूर्ण बन्दै भीमदत्त राजमार्ग

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको प्रमुख मार्ग भीमदत्त राजमार्ग जोखिमपूर्ण बन्दै गएको छ । रार्जमार्गका मोड सुधार योजनाले सडकमा पहिरो र हिलाम्य भएकाले पहाडी जिल्लाको प्रमुख भीमदत्त राजमार्ग जोखिम पूर्ण बन्दै गएको हो ।...

निषेधाज्ञा खुकुलो बन्दै

कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीको ‘दोस्रो भेरियन्ट’ फैलिएसँगै असहज बनेको जनजीवन सामान्य बन्दै गएको छ । कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा क्रमशः खुकुलो बन्दै छ ।गृह मन्त्रालयले आर्थिक गतिविधि चलायमान हुने गरी ७७ वटै जिल्लामा शान्तिसुरक्षा तथा कोभिड–१९ नियन्त्रणमा ध्यान दिई गतिविधि सञ्चालन गर्न निर्देशन दिएको छ । योसँगै सार्वजनिक सेवाका कार्यालय, बैङ्क तथा वित्तीय संस्था र होम डेलिभरी सेवाका लागि रेस्टुराँ सञ्चालनलाई खुकुलो बनाइएको छ ।कोरोना

होटल व्यवसाय धरासायी बन्दै

दोस्रो लहरको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि म्याग्दीको होटल व्यवसाय धरासायी बन्दै गएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि लक्षित गरेर सञ्चालन गरिएको म्याग्दीका ४ सय होटल तथा रेष्टुरेण्ट व्यवसाय धरासायी अवस्थामा पुगेका छन् ।आन्तरिक तथा बाह्य पर्यटक लक्षित गरेर सञ्चालन भएका होटलहरु कोरोनाका कारण होटल व्यवसाय धरासायी बन्दै जाँदा पलायन हुन बाध्य बनाएको […]