२२ करोड रुपैयाँमा बिक्यो कान्ये वेस्टको जुत्ता !

अमेरिकाका प्रख्यात र्‍याप गायक कान्ये वेस्टका जुत्ताहरू कीर्तिमान रकममा बिकेका छन् ।  ती जुत्ताका लागि २२ करोड रुपैयाँ खर्च गरिएको छ । कान्येले नाइक एयर यीजी नामक ती जुत्ता ग्रामी पुरस्कार समारोहमा लगाएका थिए ।    लिलामबिक्री गर्ने संस्था सोथेबीका अनुसार, यो जुत्ताले बिक्रीमा कीर्तिमान बनाएको हो । सन् २००८ को ग्रामी अवार्डमा कान्येले यिनै काला जुत्ता लगाएर हे मामा र स्ट्रंगर जस्ता गीत गाएका थिए ।    कान्येको जुत्ता आरएआरईएस नामक संस्थाले किनेको हो । उक्त संस्था स्नीकर इन्भेस्टमेन्ट मार्केटप्...