दुर्गन्धित साँघुरो भवनबाट गर्भवती सेवा लिन बाध्य महिलाहरु

साँघुरो भवन, साना ३ वटा कोठा, सबैतिर अस्तव्यस्त, फोहरमैला र दुर्गन्ध । सेवाग्राहीको लागि न बस्ने ठाउँ, न प्रतीक्षालय । बाराको जीतपुर स्थित स्वास्थ्य चौकीमा सञ्चालित प्रसूति गृह (बर्थिङ्ग सेन्टर)को अवस्था हो यो ।विगत ४ वर्षदेखि सञ्चालनमा रहेको प्रसूति गृहमा गर्भवतीहरुका लागि सामान्य सुविधासमेत उपलब्ध नहुँदा विपन्न महिलाहरु चर्को शुल्क तिरेर निजी क्लिनिक पुग्न बाध्य छन् ।सो प्रसूति गृहमा गर्भवती, सुत्केरी सेवा लिन आएका महिलाहरुका लागि शय्या, भिडियो एक्सरे, रगत, दिसा, पिशाव परीक्षणका लागि ल्याबको स