शिक्षक रोकायले बेलुकापख मदिरा सेवन गरेर स्थानीयको घरमा गएर तिमीहरु दलितका छोराछोरीहरु धेरै ठुलाकुरा गर्ने भइसक्यौ तिमीहरुलाई बोरामा हालेर मारिदिन्छु भन्ने शब्द प्रयोग गरे । बिडम्बना स्थानीयहरुले मुखबाट आवाज निकाल्न सकेनन् । घटना घटेको केहीं दिनपछि विद्यालययमै विद्यार्थीहरुले हामीलाई किन कुट्ने भनेर स्पष्टिकरण माग्ने विद्यार्थीहरुको तयारी भयो । एकदुई जना शिक्षकहरुले विद्यार्थीहरुलाई भयो, सानो कुराको लागि यस्तो नगर भनेर विद्यार्थीको मुखमा मुवालो लगाए ।