सवारी दुर्घटनामा चारजनाको मृत्यु, १४ घाइते

काठमाडौं : देशका विभिन्न स्थानमा भएका सावरी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। १४ जना घाइते भएका छन्। धादिङको गल्छी गाउँपालिका ६ बैरेनीमा गएराती बस र ट्रक आपसमा ठोक्किँदा एक युवतीको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। मृत्यु हुनेमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ की २७ वर्षीया रेनुका कुलुङ रहेकी छिन्।राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा उनको आज बिहान करिब सवा ४ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।  बा ३ ख ४०१४ नम्बरको बस र भारतीय नम्बरको ट्रक गएराति २ बजे आपसमा ठोकिएका थ