वनकालीमा सडकमाथिबाट बगेको ढलले साउने सोमबारका भक्तजनलाई असर

काठमाडौँ, ३० साउन । साउने सोमबार बिहानै वेद ध्वनिले आनन्दानुभूति हुने वाग्मती किनारस्थित पशुपति क्षेत्रमा सडकमाथिबाट बगेको ढलको दुर्गन्धले भक्तजनलाई आक्रोशित बनाएको छ । पशुपति क्षेत्रको वनकाली उद्यानअघि चार दिनदेखि ढल बगिरहेको छ । ढललाई छल्दै दर्शनार्थी पशुपतिनाथ मन्दिरमा प्रवेश गरिरहेका छन् । प्रहरी वृत्त गौशालाबाट ओरालो झरेर वनकाली उद्यान हुँदै पशुपतिनाथ मूल मन्दिर छिर्ने […]