ठिमुरा र देवघाट जोड्ने निर्माणाधीन पुल भत्कियो

चितवन : चितवनको ठिमुरा–देवघाट जोड्ने निर्माणाधीन पुल भत्किएको छ।भरतपुर–१ ठिमुरा र देवघाटको घिनाटार जोड्ने पुल आज बिहान करिब ४ बजेको समयमा भत्किएको हो। पुलको लम्बाइ २२० मिटर र चौडाइ ८५ मिटर रहेको थियो।ठेकेदारको लापरबाहीका कारण पुल भत्किएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंक पौडेलले बताएका छन्। ‘प्राविधिक त्रुटीका कारण भत्किएको हो’, उनले भने, ‘प्राविधिकको टीमले अध्ययन गरेपछि वास्तविकता थाहा होला, यो पुलको काम असार मसान्तभित्र सक्नेगरी अघि बढेको थि

सम्बन्धित सामग्री

बनिनसक्दै भत्किन्छन् पुल, सच्चिंदैनन् त्रुटि

२९ चैत, काठमाडौं । चैत २३ गते राति तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि बनिरहेको पुल भत्कियो । २२० मिटर लामो ढलान भइसकेको पुलको ८० मिटर भाग भत्कियो । पुलका विज्ञहरु यो घटनालाई निर्माण लागत घटाउने चक्करको परिणाम भन्छन् । पूर्वसिनियिर डिभिजनल इन्जिनियर प्रकाश उपाध्याय देवघाटको घटनालाई निर्माणाधीन पुल भत्किने पुरानै सिलसिलाको निरन्तरता […]

भत्किएको ठिमुरा–देवघाट पुल निरीक्षण गरेर फर्कियो प्राविधिक टिम

चितवन : बनाउँदा बनाउँदै भत्किएको चितवनको ठिमुरा र देवघाट जोड्ने पुलको प्राविधिक टिमले स्थलगत निरीक्षण गरेर गएको छ। करिब ७५ प्रतिशत भौतिक प्रगति पुगेको भरतपुर महानगरपालिका–१ ठिमुरा र देवघाट गाउँपालिका–५ घिनाटार जोड्ने पुल चैत २४ गते भत्किएको थियो। ठिमुरा र देवघाट जोड्ने निर्माणाधीन पुल भत्कियो निर्माणाधीन पुल भत्किएपछि त्यसको अध्ययन गर्न सडक विभागले तीन सदस्यीय प्राविधिक टिम गठन गरेको थियो। संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका सहसचिव कैलाश कुमार श्रेष्ठको स...

चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने निर्माणाधीन पुल भत्कियो

चितवनको भरतपुर महानगरपालिका- १ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने निर्माणाधीन पक्की पुल भत्किएको छ

२१ करोडको लागतमा निर्माणाधीन पुल भत्कियो

भरतपुर महागनरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशुली नदी माथि निर्माणाधीन पक्की पुल मंगलबार बिहान ४ बजे भत्किएको छ । स्थानीय बासिन्दाका अनुसार कंक्रिट संरचना निर्माण सम्पन्न गरि स्टील संरचना राख्ने तयारीमा रहेको सो पुल भत्किएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पुल भत्किएको विषयमा जानकारी प्राप्त भएको र कसको लापरवाहीले त्यो भएको हो यथार्थ बुझने काम भइरहेको बताउनुभयो ।