काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । आज र भोलि बस्ने बैठकमा मस्यौदा विधान २०८० माथि छलफल गर्ने एजेन्डा रहेको छ । माओवादीको विधान अनुसार केन्द्रीय कमिटीले अन्तिम रूप दिएपछि विधान पारित हुने व्यवस्था छ । स्थायी कमिटी लगत्तै केन्द्रीय कमिटी बैठक बस्ने तयारी माओवादीले गरेको छ ।