उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सञ्चालन गरेको ‘समृद्धि’ कार्यक्रममा व्यापक अनियमितता भइरहेको पाइएको छ । गरिबीको रेखामुनि रहेका र वैदेशिक रोजगारीबाट फर्किएकाहरूमा लक्षित यो कार्यक्रममा परामर्शदाता नियुक्ति तथा सम्झौता संशोधनका नाउँमा अनियमितता भएको पाइएको हो ।महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनअनुसार कर्मचारीबाट गर्न सकिने काममा परामर्शदाता राखिएको र परामर्शदाताका नाममा गत आर्थिक वर्षमा ५ करोड […]