अर्थले पठाएन बजेट, रोकियो झापाका ७ वटा नदीमा तटबन्ध निर्माण

झापा : अर्थ मन्त्रालयले बजेट नपठाउँदा झापा जिल्लाका नदी तथा खोला नियन्त्रण (तटबन्ध) को काम प्रभावित बनेको छ। बाढीबाट प्रभावित क्षेत्रको पहिचान गरी जनताको तटबन्ध कार्यक्रम झापाले गत माघदेखि जिल्लाका ७ वटा नदीमा एकै पटक तटबन्धको काम शुरु गरेको थियो।अर्थ मन्त्रालयले तटबन्धको काम शुरु गर्नु भनी जनताको तटबन्ध कार्यक्रम झापासँग लिखित रूपमै सहमति जनाएको थियो। सोही सहमतिअनुसार झापाका ७ वटा नदीमा तटबन्धको काम शुरु गरेको जनताको तटबन्ध कार्यक्रम झापाका प्रमुख रूपनारायण अधिकारीले बताए।‘