अधिकारीचौर पुल : निर्माण शुरु भएको ६ वर्ष‚ काम ४० प्रतिशत

बागलुङ : ढोरपाटन नगरपालिका वडा नम्बर ५ अधिकारीचौरको अस्तु–ओडारबोट जोड्ने मोटरेबल पुल निर्माण थालिएको ६ वर्ष भयो। ६ वर्षमा पुलको ४० प्रतिशत काम पनि हुन सकेको छैन। पुलको दुईतिर पिलर उठाएको वर्षौं भए पनि अरु कुनै काम भएको छैन।निर्माण शुरु भएको लामो समयसम्म पुल नबन्दा स्थानीयले सास्ती खेप्नु परेको छ। भूजीखोलामाथि पुल नबन्दा अधिकारीचौर, नाथुरी, भैँसीखर्क, घैयाखेत र बाहुनगाउँका हजारौँ नागरिकले सास्ती खेप्नु परेको हो। हिउँदमा खोला सानो हुँदा गाडी वारपार गर्न सके पनि बर्खा