लक्ष्मी लघुवित्तको ७८ औ शाखा संखुवासभाको मुढेमा

 लक्ष्मी लघुवित्त Laxmi Laghubitta Bittiya Sanstha  ले संखुवासभाको मुढेमा शाखा सञ्चालानमा ल्याएको छ । यो कम्पनीको ७८ औ शाखा हो ।संस्थाका संचालक समितीका अध्यक्ष जिवन प्रकाश लिम्बु र संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन्। शाखा उद्घाटन कार्यक्रममा संस्थाका सामान्य प्रशासन विभागका विभागिय प्रमुख  दिलिप शर्मा र संस्थाको ०१ ने प्रदेश कार्यलय प्रमुख भिम न्यौपाने पनि उपस्थित रहेको कम्पनीले जनाएको छ  ।  संस्थाले भबिष्यमा लक्ष्मी बैंकको शाखारहित बैंकिड सेवापनि उपलब्ध गराउने संचालक समितीका अध्यक्ष जिवन प्रकाश लिम्बुले जानकारी दिएका छन्  । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत शर्माले संस्थाको परिचय, स्थापना, कार्यक्षेत्र र आगामी रणनितिको बारेमा जानकारी गराएका थिए। संस्थाको कार्यक्षेत्र बिस्तार,सम्भावना,चुनौति,यसको आवश्यकता र महत्वको बारेमा उक्त शाखाका शाखा प्रमुख महेश लुईटेलले प्रतुतिकरण दिएका थिए। 

सम्बन्धित सामग्री

लक्ष्मी लघुवित्तको ब्यवस्थापन सम्मेलन सम्पन्न, ट्यावलेट बैकिङ कारोवारको शुभारम्भ

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चितवनको सौराहामा व्यवस्थापन सम्मेलन २०७८ सम्पन्न गरेको छ । मंसिर २२ देखि २४ गतेसम्म भएको उक्त सम्मेलनमा ब्यवस्थापन समूह र शाखा प्रमुखहरुको उपस्थिती रहेको र  सम्मेलनले वर्तमान परिवेशको शुक्ष्म विश्लेषण गर्दै आवश्यक रणनीति तय गरेको कम्पनीले जनाएको छ।संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज प्रकाश शर्माले उक्त कार्यक्रमको उदघाटन गर्दैे वित्तीय सुशासन, कारोवा।रमा पारदर्शीता, आन्तरीक श्रोत परिचालन, सेवा प्रवाहमा प्रविधिको प्रयोग सहितको ग्राहकको चाहना अनुसारको सेवा आजको आवश्यकता रहेको विषयमा प्रकाश पारेका थिए । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत शर्माले शाखा प्रबन्धकहरुलाई ट्यावलेट हस्तान्तरण गर्दै सम्पूर्ण शाखाबाट ट्यावलेट बैकिङ कारोवारको शुभारम्भ भएकोे घोषणा गरेका छन् ।  कार्यक्रमको अन्तिम दिन उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुलाई  'वर्षको उत्कृष्ठ शाखा' सम्मानवाट पुरस्कृत गरिएको र केन्द्रीय तथा प्रादेशीक स्तरका उत्कृष्ठ कर्मचारीहरुलाइ 'वर्षको उत्कृष्ठ कर्मचारी'उपाधिवाट सम्मान तथा पुरष्कृत गरिएको कम्पनीले जनाएको छ। ३ दिने कार्यक्रम समापन गर्दै संचालक समितिका अध्यक्ष जीवन प्रकाश लिम्बुले संस्थाको समग्र उपलब्धिमा कर्मचारीको विशेष योगदान रहने भएकोले त्यसमा निरन्तर लागीरहन आग्रह गरेका छन् । लक्ष्मी लघुवित्तलाई एउटा उत्कृष्ठ लघुवित्त संस्था वनाउन आवश्यक सहयोग गर्न सञ्चालक समिति र लक्ष्मी वैंक प्रतिवद्ध रहेको उनले बताए। लक्ष्मी लघुवित्तले २०७८ कार्तिक मसान्त सम्ममा ५५ वटा जिल्लामा आफ्नो कारोबार संजाल बिस्तार गरि सेवा प्रदान गरिरहेको छ ।

आरम्भ चौतारी लघुवित्तको सीईओ शर्माले लिए पद तथा गोपनियताको शपथ

असोज १५, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् ।  बनेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीको सञ्चालक समितिका अध्यक्ष जगत बहादुर पोखरेलले नवनियुक्त सीईओ शर्मालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।  सो अवसरमा अध्यक्ष पोखरेलले शर्माको कार्यकालमा कम्पनीले नयाँ उचाई प्राप्त गर्ने अपेक्षा आफूले गरेको बताए । त्यसैगरी कम्पनीका निर्वतमान प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले कम्पनीको वृद्धि विकासमा सदैव आफु सहयोग गर्न तयार रहने बताए । कम्पनीको गत बिहीवार बसेको सञ्चालक समितिको सोहि दिनदेखि लागू हुने गरी उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । नवनियुक्त सीईओ शर्माले ग्रामीण विकासमा स्नातकोत्तर हासिल गरेका छन् भने बैंक तथा वित्तीय संस्थामा १७ वर्षको कार्यानुभव रहेको छ । निर्धन उत्थान बैंकबाट शाखा प्रमुखको रुपमा कार्य शुरु गरेका शर्माले मिर्मिरे लघुवित्त, सनराइज बैंक,एनआईसी एशिया बैंक, एनआईसी एशिया लघुवित्तमा स्थापनाकालदेखि प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रही कार्य अनुभव छ ।   कम्पनीले सात ओटा  प्रदेशको ५२ ओटा जिल्लाका १३७ ओटा शाखा कार्यालय मार्फत ८७ हजार सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको बताएको छ ।