ठूला दलका महाधिवेशनमा बहालवाला शिक्षक प्रतिनिधि

काठमाडौं । एमाले र कांग्रेसपछि माओवादीको महाधिवेशनमा पनि शिक्षक–प्राध्यापक प्रतिनिधिका रूपमा सहभागी भएका छन् । सरकारी सेवासुविधा लिएका शिक्षकलाई महाधिवेशन प्रतिनिधि बनाउनु कानुनविपरीत हो । शिक्षकले पार्टीको राजनीति गर्दा पेसा नै आलोचित छ । काठमाडौंमा जारी माओवादी केन्द्रको महाधिवेशनमा निकटको शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकरबहादुर अधिकारी प्रतिनिधि बनेका छन् । शिक्षक संगठनको अध्यक्ष भए पनि […]

सम्बन्धित सामग्री

राजनीतिक दलका सदस्यको योग्यता

पछिल्लो समयमा कतिपय राजनीतिक दलहरूले बहालवाला  प्राध्यापक, शिक्षक, कर्मचारी,डाक्टर तथा सार्वजनिक पद धारण गरेका व्यक्तिसमेतलाई महाधिवेशन प्रतिनिधि,दलको सदस्य तथा विभिन्न समिति र विभागीय तहको सदस्य बनाउने गरेको पाइन्छ। त्यसैगरी विभिन्न फौजदारी कसूरमा सजाय पाएका व्यक्तिहरू एवं आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई समेत दलले सदस्य बनाउने गरेको देखिन्छ। कस्तो व्यक्तिलाई सदस्य बनाउन हुन्छ र कस्तो व्यक्तिलाई सदस्य बनाउन हुँदैन भन्ने सम्बन्धमा प्रचलित कानूनले व्यवस्था गरेको छ। उक्त कानूनी व्यवस्थालाई समेत दलहरूले अनादेखा गरेको प...

शिक्षक, कर्मचारीलाई सदस्यता नदिन राजनीतिक दललाई निर्वाचन आयाेगकाे निर्देशन !

काठमाण्डाै – निर्वाचन आयोगले नेपाल सरकार, प्रदेश सरकार, पालिकाको स्वामित्व वा नियन्त्रणमा रहेका स्वशासित संस्थाको बहालवाला कर्मचारी, शिक्षक वा प्राध्यापकहरूलाई सदस्यता नदिन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ ।निर्वाचन आयोगले आज मङ्गलवार प्रेस विज्ञप्ति निकालेर आयोगमा दर्ता भएका विभिन्न राजनीतिक दलको महाधिवेशनमा सार्वजनिक पदमा बहाल रहेका कर्मचारी, शिक्षक तथा प्राध्यापकहरूसमेत दलका महाधिवेशनमा भाग लिइ प्रतिनिधि चयन भएको सम्बन्धी खबरहरू प्रकाशन, प्रसारण भएकोप्रति ध्यानाकर्षण भएको भन्दै दलहरूलाई निर्देशन दि...