सेतो मच्छेन्द्रनाथको रथजात्रा

परापूर्वकालदेखि नै धार्मिक आस्थाले ओतप्रोत यस पुण्यभूमि नेपालमा सर्वसत्व प्राणीको कल्याणका लागि विभिन्न करुणामय लोकेश्वरहरूको उत्पत्ति भएको उल्लेख छ । सत्ययुगमा सुखावती भुवनबाट मत्र्यमण्डलमा अनेकौँ करुणामय लोकेश्वरहरूको आगमन भई यहाँका मानव जातिको उद्धार गरेका थिए । ती विभिन्न करुणामय लोकेश्वरहरूमध्येमा पनि प्रसिद्ध करुणामय लोकेश्वरहरूमा रक्तावलोकितेश्वर (रातो मच्छेन्द्रनाथ), आनन्दादि लोेकेश्वर (आदिनाथ), सृष्टिकान्त लोकेश्वर (नाला करुणामय) र आर्यावलोकितेश्वर (सेतो मच्छेन्द्रनाथ) आदिलाई विशेष महìव दिई हर्षोल्लासले प्रत्येक वर्ष विशेष जात्रा पर्व मनाउँदै आएका छन् । यी चार करुणामयमध्ये काठमाडौँमा गरिने जात्रामा सेतो मच्छेन्द्रनाथको रथजात्रा निकै महìवपूर्ण छ ।