प्रदेश १ को संसद अधिवेशन अन्त्य गर्न सिफारिस

विराटनगर : प्रदेश १ को  मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको चालू अधिवेशन आज (सोमबार) राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।आज बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष सिफारिस गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुर्व सुवेदीले जानकारी दिए।तर प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले आज बसेको प्रदेशसभा बैठक भोलि १ बजे बस्ने गरी स्थगित गरेका थिए। 

सम्बन्धित सामग्री

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सरकारले शनिबार राति १२ बजेदेखि संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रिपरिषद् सदस्यले जानकारी दिनुभएको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश […]

भोलि रातिदेखि संसद अधिवेशन अन्त्य गर्न सिफारिस

३१ भदौ, काठमाडौं ।  सरकारले भोलि (शनिबार) राति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको पर्यटनमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउन असोज २ गते र ३ […]