डेढ करोड बराबरको भन्सार छलीको मदिरासहित ४ पक्राउ

काठमाडौं : प्रहरीले ठूलो मात्रामा ह्विस्की तथा मदिरासहित ४ जनालाई सार्वजनिक गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले भारतबाट राजस्व छली गरेर मदिरा ल्याउने उनीहरूलाई आइतबार सार्वजनिक गरेको हो।पक्राउ पर्नेमा ३९ वर्षीय सन्तोष चन्द्र बाख्रेल, ३० वर्षका सैलेश पन्त, २८ वर्षका रविन पाख्रिन र ४० वर्षका नारायण प्रसाद घिमिरे रहेका छन्। उनीहरूलाई प्रहरीले माघ १४ गते राति पक्राउ गरेको थियो। उनीहरूको साथबाट करिब २९६ कार्टुन रेड लेबल, ब्ल्याक लेबल, एब्सुलेट भोड्का र चिभास रिगल बरामद ग

सम्बन्धित सामग्री

क्रिप्टो, हाइपर फण्डबारे विस्तृत अनुसन्धान थालिने

काठमाडौं । क्रिप्टो, हाइपर फण्ड र अनलाइन नेटवर्किङ नियन्त्रण गर्न गठित उच्चस्तरीय कार्यदलले पीडितको उजुरीलाई आधार मानेर विस्तृत अनुसन्धान थाल्ने भएको छ । अर्थ मन्त्रालयमा सहसचिव भूपाल बरालको नेतृत्वमा मंगलवार बसेको बैठकले पीडितहरूले प्रहरीमा गरेको उजुरीलाई आधार मान्दै थप अनुसन्धान थाल्ने निर्णय गरेको हो । राजस्व अनुसन्धान विभागले ३७ करोड बिगोसहित रूपमा कैलालीका दिनेश खड्काविरुद्ध अदालतमा मुद्दा दायर गरेपछि क्रिप्टो कारोबारको विषय बाहिर आएको थियो । महानगरीय अपराध महाशाखाको टोलीले माघ ६ गते क्रिप्टो करेन्सी गरेको अभियोगमा तीनजनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले राजन भट्टराई, विशाल श्रेष्ठ र दीपेशराज श्रेष्ठलाई पक्राउ गरेको थियो । त्यस्तै माघ १८ गते महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले न्यूरोडबाट ३० वर्षीय रवीन्द्र अधिकारी भनिने चन्द्रमणि अधिकारीलाई नियन्त्रणमा लिएको थियो । अधिकारीले प्रयोग गर्ने मोबाइलमा डेढ करोड रुपैयाँ बराबरको क्रिप्टोको कारोबार भएको खुलेको थियो । त्यस्तै, पुस १ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले क्रिप्टोमा प्रयोग हुने ३० ओटा डिभाइस समेत बरामद गरेको थियो । अहिलेसम्म यो डिभाइस कसले मगायो भन्ने खुलेको छैन । यिनै घटनाक्रमले नेपालभित्र क्रिप्टो लगायत भच्र्युअल मुद्राको कारोबार व्यापक रूपमा चलिरहेको आकलनमा कार्यदल गठन गरिएको थियो । समितिको बैठकले क्रिप्टो, हाइपर फण्डलगायतका विषयमा देशभित्र भएका गतिविधिबारे छलफल गरेको र क्रिप्टोको अवस्था, प्रयोगकर्ता, अर्थतन्त्रमा परेको असरबारे सम्बन्धित निकायलाई जानकारी लिन समेत आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले पनि यस्ता कुनै पनि कारोबार नगर्न सर्वसाधारणलाई आग्रह गरिसकेको छ । यस्तो गतिविधि गरेको पुष्टि भएमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९६ अनुसार दण्ड सजाय हुने समेत केन्द्रीय बैंकले बताएको छ ।