बाँकेमा सिटामोललगायत औषधि अभाव हुन थालेको छ । औषधि उत्पादनका लागि आवश्यक कच्चा पदार्थको मूल्य भारतमा बढेकाले यहाँ उत्पादन घट्दा अभाव देखिन थालेको स्वास्थ्यकर्मीको भनाइ छ । सरकारले कच्चा पदार्थमा सहुलियत नदिए सिटामोलको अभाव अझै चर्किने उनीहरूको दाबी छ ।