संगठन बिस्तारको नाउँमा जनमत पार्टीका अध्यक्ष सीके राउतले मेचीदेखि महाकालीसम्मका विभिन्न पालिकाकाको माटो सङ्कलन गर्ने भएका छन् । मेचीदेखि महाकालीसम्म तराई मधेशका २० जिल्लाका प्रत्येक मधेशी बाहुल्य पालिकमा पुगेर अध्यक्ष राउतले त्यहाँको माटो सङ्कलन गरी ‘मधेश एकता उद्यान’ निर्माण गर्ने निर्णय गरेको पार्टीका महासचिव चन्दन सिंहले बताए । पार्टीको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो । स्थानीय चुनावअघि तराई मधेशका २० वटै जिल्लाको पालिकामा अध्यक्ष राउत आफै पुगेर माटो सङ्कलन