परीक्षा हलमा अनुगमनका नाममा अस्वस्थ वातावरण नबनाउन गृह मन्त्रालयको आग्रह

देशभर जारी एसइई र अन्य परीक्षामा तोकिएका निरीक्षक बाहेक अनुगमनका नाममा ठुलो संख्यामा बाह्य व्यक्ति परीक्षा हलमा प्रवेश नगर्न गृहमन्त्रालयले आग्रह गरेको छ ।बुधवार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकालेर अनुगमनका नाममा पटक–पटक परीक्षा हलमा धेरै मानिस प्रवेश गर्दा परीक्षाको वातावरण अस्वस्थ भएको बताएका छन् ।मन्त्रालयले विश्वविद्यालय वा विद्यालय तहको परीक्षामा परीक्षा अवधिभर कार्यालय प्रयोजनको लागि बाहेक फोटो र भिडियो नखिच्न पनि आग्रह गरेको छ ।