ओली भेट्न बालकोट पुगे एमालेको पूर्व कार्यदलका सदस्य

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरु अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । शुक्रबारको स्थायी कमिटी बैठकबाट कार्यदलमा जुटेको १० बुँदे सहमति अनुमोदन गरेर ओलीले कार्यदल भंग गरेका थिए । तर, पार्टीभित्र समस्या समाधान हुने छाँटकाट नदेखिएपछि कार्यदल भंग भएपनि उनीहरुले दौडधुप जारी राखेका छन् । सो क्रममा उनीहरुले पार्टी एकतामा जोड दिँदै दुबै पक्ष लचक बन्नुपर्ने धारणा राखेका थिए । सो क्रममा ओलीले पार्टी एकताको सम्भावना कम रहेको तर प्रयास भने जारी राख्न अनुरोध गरेका छन् । विघटित कार्यदलमा रह...