म ११ बजे पुग्छु सर्वोच्च : जबरा

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्कने तयारी गरेका छन् । आफूमाथि लागेको महाभियोग प्रतिनिधिसभाको कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएको दाबी गर्दै जबरा अदालत फर्कन लागेका हुन् । उनले भने, ‘म ११ बजे सर्वोच्च पुग्छु ।’