महाअष्टमीको दिनदेखिको अविरल वर्षा भैरहेको नेपालको पूर्वी क्षेत्रमा मौसममा सुधार हुँदै जाने भए पनि पश्चिम नेपालका जिल्लाहरुमा भारी वर्षाको सम्भावना कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती प्रदेशदेखि पूर्वतिर भने आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने छ । मौसमविद सन्जिव अधिकारीका अनुसार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र …