कालीकोट सदरमुकाममा जडान गरिएका सिसिटिभी क्यामरा बिग्रिए

कालीकोटको सदरमुकाम मान्म बजारमा जडान गरिएका अधिकांश सिसिटिभी क्यामरा बिग्रिएका छन् । सदरमुकामको मान्म बजार जिरो प्वाइन्ट, प्रतिमाचोक, बीच बजार, पुरानो बसपार्कलगायतका २८ ठाउँमा सिसिटिभी क्यामरा जडान गरिएका थिए । स्थानीय सरकार, वित्तीय संस्था, उद्योगी तथा व्यापारीको सहयोगमा जडान गरिएको २८ वटा सिसिटिभी क्यामरामध्ये हाल तीन वटा मात्र सञ्चालनमा रहेका छन् । मान्म बजारका सार्वजनिक स्थानमा राखिएका सिसिटिभी क्यामरामध्ये अधिकांशले काम गर्न छाडेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख चक्रबहादुर शाह