सावधान, ब्ल्याक फङ्गसबाट संक्रमितमध्ये ५० प्रतिशतको ज्यानै जान सक्छ !

भारतसँगै नेपालमा पनि म्युकोरमाइकोसिस अर्थात् ब्ल्याक फङ्गस (कालो ढुसी)का बिरामी देखिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा १० भन्दा बढीमा ब्ल्याक फङ्गस अर्थात् कालो ढुसी देखिएको हो । भारतका कतिपय राज्यमा ब्ल्याक फङ्गसलाई महामारीको रुपमा घोषणा गरिसकेको छ ।नेपालमा कोरोना संक्रमितमा क्रमशः ब्ल्याक फङ्गस देखिन थालेको  आईओएमका सहप्राध्यापक तथा छाती रोग विशेषज्ञ डा. निरज बम बताउँछन् । त्रिवि शिक्षण अस्पतालमा कालो ढुसी सक्रमण भएका ४० वर्षका एक  पुरुषको शल्यक्रिया गरिएक