काठमाडौंको कपनस्थित टंक घिसिङको घरमा बुधबार एक्कासी विष्फोटको आवाज सुनियो । छिमेकी बाहिर निस्किएर हेरे । भूइँतलाबाट सल्केको आगोको लप्का दोस्रो तलामा पुग्न खोज्दै थियो । भुँइतलामा ४ जना थिए ।‘अचानक विष्फोटको आवाज सुनियो’ छिमेकी सानु केसी भन्छिन्, ‘त्यसपछि आगो फैलिहाल्यो, पछिसम्म विष्फोटको आवाज आइरहेको थियो ।’इलाइट हिमालयन एडभेन्चरको कार्यालयबाट आगो सल्किएपछि सो क्षेत्रमा कोलाहल मच्चिन थालेको थियो । सो ट्रेकिङ अफिस निर्मल पूर्जा र मिङ्मा डेभिड शेर्पाले संचालन गरेका हुन् । घ