जाजरकोट : भूकम्पको केन्द्रविन्दु रहेको बारेकोटमा रहेको स्वास्थ्य संस्थामा पनि क्षति पुगेपछि यहाँको स्वास्थ्य सेवा खुल्ला आकाशमुनि बसेरै दिन थालिएको छ। दस शैय्याको अस्पतालमा विकास भएको लिम्सास्थित स्वास्थ्य संस्थामा भूकम्पले भवन छियाछिया बनाएकाले खुल्ला आकाशमुनि बसेरै सेवा दिनुपरेको हो।गाउँपालिकाको आधाभूत स्वास्थ्य तथा सरसफाइ सेवासमेत खुल्ला आकाशमुनि बसेरै दिनु परेको सिनियार अनमी कल्पना रोकायले बताए।भवनको कुनै ठाउँ पनि सक्लो नहुँदा काम गर्न मुस्किल भएपछि एम्बुलेन्स राख्न बनाइएको ठाउँम