आफैंले सम्हालेको मन्त्रालयमा ६ महिनासम्म पुगेनन् देउवा, मन्त्रीस्तरीय बैठक समेत बस्न सकेन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुग्दा आजभोलि सधैँ एउटै दृश्य देखिन्छ । मन्त्रीको कार्यकक्ष बाहिरको नेमप्लेटमा 'बाहिर' भन्ने संकेत जनाइएको हुन्छ भने मन्त्रीको कार्यकक्ष र सचिवालय सुनसान रहने गरेको छ । विभागीय मन्त्री नभएकाले स्वकीय सचिवालय छैन । निजी सचिवालयका कर्मचारी पनि फुर्सदिला छन् । २०७८ असार २९ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो । सोही दिन प्रधानमन्त्री देउवाले आफूसहित ५ मन्त्रीलाई नियुक्त गरे ।  अर्थ, गृह, ऊर्जा र कानून मन्त्री नियुक्त ...