नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने जिम्मेवारी पार्टीको सचिवालयलाई दिएको छ। पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको आज बसेको बैठकले संगठनात्मक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित उक्त निर्णय गरेको हो। पार्टी उपमहासचिव लेखराज भट्टका अनुसार सचिवालयमा १९ जना पदाधिकारी तथा केन्द्रीय आयोगका अध्यक्ष रहनेछन्। सचिवालयले केन्द्रीय सदस्यहरूको जिम्मेवारी […]
काठमाडौँ। सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन्। साबिक विराटनगर उपमहानगरपालिका ९ बस्ने ४२ वर्षीय अग्रवाललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले शुक्रबार काठमाडौँ महानगरपालिका ४‚ चुनदेवीबाट पक्राउ गरेको हो। जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर-खरिद गरी बिक्री गर्दा करिब ४९ लाख १९ हजार ८६५ रुपैयाँ कानुनविपरीत आर्जन गरेको आरोपमा अग्रवाललाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता एसएसपी […]
सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय प्रशासनिक संरचनाअन्तर्गत विभिन्न मन्त्रालय, आयोग तथा प्रदेश तहमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो। प्रशासनिक संयन्त्रलाई थप प्रभावकारी र सन्तुलित बनाउने उद्देश्यका साथ व्यापक सरुवा गरिएको सरकारी स्रोतले जनाएको छ। सरुवाअनुसार सहसचिव कमलप्रसाद भट्टराईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेस प्रदेशमा प्रदेश सचिवको […]
काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए । खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ । राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी […]
काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई शुक्रबार काठमाडौंको महाराजगञ्ज चुनदेवीबाट पक्राउ गरेको हो । अग्रवाललाई धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा पक्राउ गरेको सीआईबीले जनाएको छ । बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर खरिद गरी धितोपत्र सम्बन्धी ऐन,२०६३ को […]